दफा ३८
निवृत्तभरणमा वृद्धि
बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अंकमा जति
वृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदका निवृत्त निजामती कर्मचारीहरूको
निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
तर दफा ३९ख. बमोजिम निवृत्तभरण पाउने निजामती कर्मचारीको हकमा यो प्रावधान
लागू हुने छैन ।